जुवा खालबाट २२ जना पक्राउ


काठमाडौं – प्रहरीले काठमाडौंको मित्रनगर र गोकर्णेश्वरमा जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

मित्रनगरस्थित धादिङ गङ्गा जमुना गाउँपालिका–६ घर भएकी ३२ वर्षीया सरस्वती गुरुङको गुरुङसेनी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालिका गुरुङ समेत सात जनालाई प्रक्राउ गरिएको हो।

साथै गोकर्णेश्वर नगरपालिका-४ माकलबारी बस्ने देवराज गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा मोरङ केराबारी घर भई काठमाडौं कपन बस्ने ३८ वर्षीया बिष्णू लिम्बु समेत १५ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले रु दुई लाख ७० हजार पाँच सय ५० तथा केही थान तास समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया