

खाडादेवी फूडल्याण्डमा सातै प्रदेशको खानाको प्रदर्शनी एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौं – काठमाडौंको कलंकी १४ स्थित मकालु पेट्रोल पम्प को अपोजिट साइटमा रहेको खाडादेवी फूडल्याण्डको प्रांगणमा पहिलो शनिबार फरकफरक शैलीमा खाना महोत्सव सम्पन्न भएको छ।
‘खाडादेवी फूडल्याण्डको सान नेपाली खानाको पहिचान’ भन्ने मुल नाराको साथ फाल्गुण २९ गते खाडादेवी फूडल्याण्डमा सातै प्रदेशको खानाको प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा हिमाल, पहाड, तराईका जातजातिको परम्परागत खाजा, खानामा प्रयोग गर्ने सामग्री प्रदर्शनी पनि गरिएको थियो ।
उक्त प्रदर्शनी ग्यास्ट्रोनोमी टुरिजम एशोसिएशन अफ नेपाल र खाडादेवी फूडल्याण्डको संयुक्त आयोजनामा गरिएको थियो। प्रदर्शनीमा लाइभ लोकदोहोरी कार्यक्रमको साथै खाडादेवी फूडल्याण्डको मौलिक अनि पृथक खाना पस्किएको थियो। जसमा विशेष पहिलो हप्ता टर्किको सेकुवा, टर्किको बैजनी मम ,काला नमक, धानको चामलको खाना सेट लोकल खसी कुखुराको मासुका परिकार परम्परागत कसौडीमा पकाएको खसिका परिकार र नेपालको मध्य पहाडी भागमा पाइने कागुनको खिर आदि इत्यादी खानाको परिकार पस्किएको एजुकेटिभ सेफ गोपि थापाले बताउनु भएको छ।
खाना महोत्सवमा स्थानीय विभिन्न जातीहरुको संस्कृति मौलिक परिकारसहितको खाना खुवाउने लक्ष्य सहितका चर्चित गायक सरोज लामिछाने ,दिनेश थापा ,रितु मगर ,सिमा भण्डारी लगाएतले साँस्कृतिक प्रस्तुति दिएको कार्यक्रम संयोजक जगदीश अधिकारीले जानकारी दिएका छन्।

