

बाथरूममा लडेर मृत्यु

काठमाडौं – बाथरुममा लडेर पर्वतका एक वृद्धको चितवनमा मृत्यु भएको छ ।
पर्वत फलेबासका शसिधर पाध्यको भरतपुरस्थित छोरीको घरमा बाथरुममा नुहाउने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
८६ वर्षका पाध्य नुहाउने क्रममा बाथरूममा लडेपछि भरतपुर अस्पताल लगिएकोमा उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भरतपुरले जानकारी दिएको छ ।

