
ठमेलमा बेलायती नागरिकको शव फेला
काठमाडौं – ठमेलमा बेलायती नागरिकको शव फेला परेको छ ।
मंगलबार बिहान ठमेलको छायाँ सेन्टर नजिकै ३५ वर्षीय बेलायती नागरिक क्यालम माइकल क्लर्कको शव फेला परेको हो ।
घटनाबारे स्थानियले ठमेलस्थित पर्यटन प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान भने प्रहरी वृत्त लैनचौरले गरिहेको छ ।
माइकलको शव पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा लगिएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।



कागजपत्र |
