
सिरोहिया पक्राउ पूर्जीः कांग्रेस सहमहामन्त्री पाण्डे भन्छन्, ‘पूर्वाग्रह राखेर कारबाही गर्न पाइँदैन’
काठमाडौं — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पूर्जी जारी भएको विषयले सदनमा प्रवेश पाएको छ ।
कांग्रेस सहमहामन्त्री बन्द्री पाण्डेले प्रतिनिधिसभाको बैठकमा बोल्दै आग्रह पूर्वाग्रह राखेर कसैमाथि कारबाही गर्न खोजे आफूहरू मौन नबस्ने चेतावनी दिए ।
उनले भने, ‘कान्तिपुरका अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी भएको मैले सुनेको छु । कानूनी कारबाहीको दायरामा हरेक नागरिकलाई ल्याउनुपर्छ । तर, आग्रह पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने कांग्रेसले राणालाई सहेन, राजालाई सहेन । कसैलाई पनि सहँदैन ।’
दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोपमा धनुषा जिल्ला अदालतले आज उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र कान्तिपुरबीच टकराबका बीच सिरोहियामाथि पक्राउ पुर्जी जारी हुनुलाई कांग्रेसले पूर्वाग्रहीको आशंका गरेको छ ।



कागजपत्र |
