थलीमा मृत भेटिएका कृष्णकी छोरी प्रहरी नियन्त्रणमा


काठमाडौं – थलीमा मंगलबार बिहान मृत फेला परेका कृष्ण नगरकोटीकी छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाँटीमा धारिलो हतियारले काटेको र अनुहार कपडाले छोपेको अवस्थामा भक्तपुर नगरपालिका-७, छालिङका कृष्ण नगरकोटी आज बिहान थलीको उकालोमा मृत फेला परेका थिए । ट्याक्सी चालक कृष्णको छोरा भने काठमाडौंको फर्पिङमा घाइते अवस्थामा फेला परेका छन् ।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि टेकु ल्याएको छ ।

घटना शंकास्पद रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया