कर्णाली प्रदेशभर विद्युत् सेवा अवरूद्ध


सुर्खेत- कर्णाली प्रदेशका १० वटै जिल्लामा सोमबारदेखि विद्युत् सेवा अवरूद्ध भएको छ । सोमबार बेलुका आएको हावाहुरीका कारण रूख ढल्दा विद्युत् सेवा अवरूद्ध भएको हो ।

कोहलपुर–सुर्खेत ३३ केभी लाइन प्रशारणको विभिन्न खण्डमा रूख ढलेर तार चुडिँदा सेवा अवरूद्ध भएको नेपाल विद्युत् प्राधिकरण सुर्खेतले जनाएको छ ।

बाँकेको कोहलपुरदेखि सुर्खेतको रामघाटसम्म ५ वटा रूखहरू ढलेर विद्युत्‌को तारमा परेको कार्यालय प्रमुख अशोक लोहनीले जानकारी दिए ।

कोहलपुरदेखि सुर्खेतको रामघाटसम्म ढलेका रूख हटाएकाे र छिन्चु क्षेत्रमा पनि मर्मतकाे काम भइरहेकाे  उनले बताए ।

प्रतिक्रिया