महिलालाई चिन पुगाएर वेश्यावृत्तिमा लगाउने मनमाया पक्राउ
काठमाडौं- विवाहको बहाना बनाएर चीन पुर्याइ मानव बेचविखन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। नुवकोटको किस्पाङ गाउँपालिका–१ घर भएकी ४३ वर्षीया मनमाया घले पक्राउ परेकी हुन् ।
प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले मानव बेचविखनमा संलग्न उनीलाई सोमबार सार्वजनिक गरेको छ ।
उनले आर्थिक अवस्था कमजोर भएकी एक महिलालाई चिनीयाँ नागरिकसँग विवाह गरेमा पाँच वर्षपछि ग्रीनकार्ड बनाउन मिल्छ भनी प्रलोभनमा पारेर मानव बेचविखन गरेको खुल्न आएको छ ।
विवाह गरी चीनमा पु¥याएपश्चात यौन शोषण गरी विभिन्न व्यक्तिसँग जवरजस्ती वेश्यावृत्तिमा लगाएको अनुसन्धानका क्रममा खुल्न आएको ब्यूरोका सूचना अधिकारी, प्रहरी उपरीक्षक गौतम मिश्रले जनाएका छन् ।
पक्राउ परेकी महिलाले पाँच लाख लिएर बेचविखन गरेको खुल्न आएको सूचना अधिकारी मिश्रले जानकारी दिए ।