चट्याङ लागेर कैलालीमा एक बालिकाको मृत्यु


कैलाली- कैलालीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका ९ उत्तर पूर्वा बस्ने लाल सिंह बिकको १५ वर्षीया छोरी ममता बिकको सोमबार साँझ चट्याङ लागर मृत्यु भएको हो ।

उनको पसलबाट घर फर्कने क्रममा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष हरिसचन्द्र शाहले जानकारी दिए ।

मृतक बालिका कालिका माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेको जनाइएको छ ।

प्रतिक्रिया