

रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

बुटवल–रुपन्देहीको तिलोत्तमा–११ की ५० वर्षीया महिला र बुटवल–१३ का ५२ वर्षीय पुरुषको कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि सोमबार अस्पताल भर्ना भएकी तिलोत्तमाकी महिलाको राति सवा ८ बजे मृत्यु भएको हो ।
७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका बुटवलका पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु भएको हो ।

