यी हुन् लहानस्थित मालपोत कार्यालय विस्फोटमा परेका ८ घाइते


काठमाडौं– आइतबार सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको विस्फोट ८ जना घाइते भएका छन्। ति मध्ये सेवाग्राही दिनेश भण्डारीको अवस्था गम्भिर छ।

२ नम्बर प्रदेशका प्रहरी प्रमुख नायव महानिरिक्षक (डिआइजी) धीरजप्रताप सिंहका अनुसार विस्फोटमा भण्डारीसहित सिरहा बिष्णपुरा गाउँपालिकाका मालपोतका नायब सुब्बा शिवकुमार यादव, लेखन्दास भोला बहादुर मगर, गोलबजार नगरपालिका–६ बस्ने ३५ वर्षीय लक्ष्मी राना रहेका छन्।

यसैगरी बेचनी मगर, सिरहा नगरपालिका–१६ बस्ने ५२ वर्षीय लाल बहादुर बिश्वकर्मा, गोलबजार बस्ने ३८ वर्षीय फूलकुमारी ठाकुर, भगवानपुर गाउँपालिका बस्ने ५४ वर्षीय बद्रीनारायण यादव छन्।

भण्डारीसहित भोला बहादुर मगर र शिवकुमार यादवको सप्तऋषि अस्पताल लहानमा उपचार भइरहेको छ। भण्डारीको थप उपचार काठमाडौंमा गरिने तयारी भइरहेको छ।

प्रतिक्रिया