बलात्कार आरोपमा १९ वर्षीय युवक पक्राउ


झापा- झापामा बलात्कार आरोपमा १९ वर्षीय युवक पक्राउ परेका छन् । तेह्रथुम आठराई गाउँपालिका-१ का १९ वर्षीय सबिन लाम्गादे पक्राउ परेका हुन्।

लाम्गादेले १७ वर्षीया बालिकालाई कनकाई नगरपालिका-५ चप्रामारीमा आइतबार राति बलात्कार गरेको उजुरी छ । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया