लहानस्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम बिस्फोट, ५ घाइते


काठमाडौं– सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार प्रेसरकुकर बम विस्फोट गराइएको छ।

अज्ञात समूहले गराएको विस्फोटमा परी कार्यालयमा काम परेर पुगेका ५ जना सर्वसाधारण घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर रहेको छ।

प्रहरीका अनुसार विस्फोट गराउने समूहको खोजी कार्य जारी राखिएको छ। घाइतेको उद्दार गरी उपचारका लागि पठाइएको छ भने मालपोत कार्यालयमा कडा सुरक्षा व्यवस्था गरिएको छ।

प्रतिक्रिया