माओवादी केन्द्र केन्द्रीय कमिटी एजेन्डाः बादलसहितका नेतालाई कारबाही, सांसद पद खोसिने


काठमाडौं– स्थायी कमिटीका निर्णयलाई केन्द्रीय कमिटीमा प्रस्तुत गर्दै नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहितका नेतालाई कारबाही अनुमोदन गर्ने भएको छ।

नेकपा विभाजनपछि नेकपा एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उभिएका बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहको सांसद पद पनि खोसिने भएको छ। यस्तै, मणि थापालगायतका नेतालाई दिएको जिम्मेवारी फिर्ता गर्ने एजेन्डा केन्द्रीय समितिमा राख्ने तयारी भएको छ।

एमाले र माओवादी केन्द्र छुटिए पनि २३ जना नेताहरू ओलीतिरै उभिएका थिए। जसलाई एमालेको केन्द्रीय कमिटीमा जिम्मेवारी दिँदै कतिपयलाई प्रदेशका इञ्चार्ज पनि तोकिएको छ।

नेकपा माओवादी केन्द्रले ति नेतालाई पार्टीमा फर्कन आग्रह गर्दै मन्त्री पद त्याग्नका लागि पनि निर्देशन दिएको थियो। निर्देशन पालना नगरे कारबाही गरिने बताइएको थियो।

सोही एजेन्डालाई केन्द्रीय कमिटीमा राखेर अनुमोदन गर्न लागिएको हो।

प्रतिक्रिया