टिचिङ अस्पतालमा ११ महिने बालकको कलेजो प्रत्यारोपण


काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्जमा ११ महिनाको बालकमा कलेजो प्रत्यारोपण गरिएको छ।

कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डा. रमेश सिंह भण्डारी नेतृत्वको टोलीले प्रत्यारोपण गरेको हो।​ टिचिङमा पहिलो पटक बालबालिकामा कलेजो प्रत्यारोपण भएको हो। डा. भण्डारीको नेतृत्वमा भएको यो पाँचौं सफल प्रत्यारोपण हो। प्रत्यारोपण राति १२ बजे सकिएको डाक्टर भण्डारीले बताएका छन्। बालकलाई ३५ वर्षीय बुबाले दिएको कलेजो ११ महिनाको छोरामा प्रत्यारोपण गरिएको डा. भण्डारीले जानकारी दिए।

बालकका आफन्तले विदेशमा प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध गरेको र ओलीकै पहलमा प्रत्यारोपण गरिएको डा. भण्डारीले बताए।

पहिलो पटक छोरीले बाबुलाई दिएको कलेजो प्रत्यारोपण गरिएको थियो। टिचिङमा गत वर्ष नै कलेजोको प्रत्यारोपण शुरू भए पनि कोरोना महामारीका कारण रोकिएको थियो।

 

प्रतिक्रिया