पार्टी प्यालेसमा गएर कक्षा १२ को प्रश्न हल गरिरहेका ४ जना पक्राउ


काठमाडौं- प्रहरीले राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित ४ जनालाई  पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी, दक्षिणकाली नगरपालिका–८ बस्ने १९ वर्षीय सविन पौडेल, कागेश्वर महनरा बस्ने २० वर्षीय सितेशकुमार यादव र काठमाडौं थली बस्ने २३ वर्षीय रोशन रानाभाट पक्राउ परेका हुन् ।

उनीहरूमाथि हिजाे वैशाख २६ गते बिहान चलेको कक्षा १२ को कम्प्युटर साइन्सको प्रश्नपत्र आउट गरेको आरोप छ ।

उनीहरुलाई राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको मुल उत्तरपुस्तिकामा उत्तर लेखिरहेकाे अवस्थामा  पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूले काठमाडौं महानगरपालिका–६ स्थित वेलकम पार्टी प्यालेसमा उत्तरपुस्तिकामा उत्तर लेखिरहेकाे अवस्थामा प्रहरीले पक्राउ गरेकाे हाे ।

 

प्रतिक्रिया