

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै,

काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ ।
आजको बैठकमा माओवादी केन्द्र छोडेर एमालेमा गएका नेताहरूलाई कारवाहीका लागि निर्णय गर्ने सम्भावना रहेको एक नेताले जानकारी दिए ।
शनिबार बसेको स्थायी कमिटी बैठकले एमालेमा गएका रामबहादुर थापा बादलसहितका नेतालाई २४ घण्टे स्पष्टीकरण मागेको थियो। सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरूलाई फिर्ता आउन निर्देशन पनि दिएको थियो।
तत्कालीन नेकपा माओवादीका २३ जना नेतालाई नेकपा एमालेले केन्द्रीय सदस्य मनोनित गरेको छ।

