

आजको मौसम : हुरी र चट्याङ्सहित वर्षाको सम्भावना

काठमाडौँ – पश्चिमी वायुको प्रभावका कारण आज देशका विभिन्न भागमा मौसम बदली भएको छ । आज देशका केही स्थानमा हुर चट्याङ र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली हुनेछ । बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागका केही ठाउँमा भने आज दिउँसो र राति मेघ गर्जन, चट्टयाङसहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साँझ पख प्रदेश १, बागमतीका साथै गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनरचट्टयाङ्हुररीको सम्भावना भएकोले सतर्क रहनसमेत महाशाखाले सचेत गराएको छ।

