कसैले माग्दैमा राजीनामा दिनुपर्छ भन्ने छैन : शिक्षामन्त्री श्रेष्ठ


काभ्रे – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले भन्दैमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताएका छन्।

काभ्रेपलाञ्चोक पुगेर शनिबार उनले अहिले मुलुकमा राजनीतिक फुटबल खेल सुरू भएको बताए।

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेको दिनदेखि नै राजनीतिक फुटबल खेल शुरु भएको र आफूहरुसँग शक्तिशाली खेलाडी रहेकाले अन्त्यमा खेल आफूहरुले नै जित्ने जिकिर उनको छ।

यसअघि पनि बल हानिसकेको अवस्थामा पोलमा ठोक्किएर फर्किएको उल्लेख गर्दै उनले अबको प्रहारमा गोल गर्नेमा आफूहरु नै हुनेमा ढुक्क रहेको बताए।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले जनप्रतिनिधिले आफ्ना नाता पर्नेका नाममा हेभी इक्विपमेन्ट खरिद गरेर व्यवसायी विस्थापित हुने अवस्था भएकाले त्यसतर्फ महासङ्घले ध्यान दिन आवश्यक भएको बताए ।

प्रतिक्रिया