झापामा लुटपाटपछि एकल महिलाको हत्या


बिर्तामोड- झापा बिर्तामोड नगरपालिका ४ स्थित शिवनगर टोलमा एक समूहले  एकल महिलाको विभत्स हत्यापछि लुटपाट गरेको छ ।

मङ्गलवार राति १२ बजेतिर समूहमा आएको लुटपाटमा आएको टोलीले स्थानीय करिब ६८ वर्षीया एकल महिला विष्णुमाया विष्टलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरी घरमा भएको धनमाल लुटपाट गरेर लगेको स्थानीयवासीले बताएका छन् ।

रातिको समयमा होहल्ला भए पनि गाउँले उठेर हेर्दा शान्त भएको तर बिहान उनको हत्या गरेको पाइएको स्थानीयको भनाइ छ ।

घरमा नाति र हजुरआमा मात्रै बस्दै आएका थिए ।  नाति आफन्तको घरमा अन्यत्र गएको बेलामा हजुरआमाको हत्या भएको हो ।

प्रहरीले विष्टको घरमा लुटपाटपछि हत्या गरेको र घटनाबारेमा थप अनुसन्धान थालेको बताएको छ ।

 

 

प्रतिक्रिया