माधव नेपालले भने- ओलीको एकलौटी पनले हामी विचलित हुँदैनौं


काठमाडौं – एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले केपी ओलीको एकलौटी पनले आफूहरु विचलित नभएको बताएका छन् । शनिबार आफू निकटको केन्द्रीय समिति बैठकलाई शनिबार सम्बोधन गर्दै उनले अहिलेको अवस्था देखिएर कसैलाई पनि निराश नहुन आग्रह गर्दै सो कुरा बताएका हुन् ।

सम्बोधनकै क्रममा नेता नेपालले ओली प्रवृत्तिविरुद्ध निरन्तर लडिने भन्दै ओलीको आलका गतिबिधिबाट आफूहरु अलिकति पनि विचलित नहुने बताए । ‘हामी आत्तिएका छैनौँ, आत्तिनु पनि हुन्न। अहिले अवस्था देखेर साथीहरूमा निरास होला, हिम्मतका साथबाट अगाडि बढनुपर्छ’, नेपालले भने, उनले कसरी कम्युनिस्ट पार्टीलाई बलियो बनाउने भन्ने हिसाबले अघि बढ्नुपर्नेमा पनि जोड दिए ।

‘कसरी आन्दोलन अगाडि बढाउने भन्ने विषयमा चिन्तन मनन गरेर अगाडि बढनुपर्छ। कसरी कम्युनिस्ट पार्टीलाई बलियो बनाउने भन्ने हिसाबले अगाडि बढनुपर्छ’, उनले भने, ‘ केन्द्रीय कमिटी अघि नेपाल समूहको स्थायी कमिटी बैठक पनि बसेको थियो । बैठकमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय रुपमा गरेको निर्णयबारे छलफल भएको थियो ।

शुक्रबार बैठक राखेर ओलीले नवौं महाधिवेशनबाट चुनिएका अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारीहरूको पद खारेज खारेज गर्नुका साथै जिम्मेवारी हेरफेर गरेका थिए । ओलीको यो निर्णयपछि रुष्ट बनेको नेपाल समूहले चैत ४ गतेका लागि राष्ट्रिय भेला समेत बोलाइसकेको छ भने समानान्तर कमिटी बनाउने घोषणा पनि गरेको छ ।

प्रतिक्रिया