माधव नेपालको पार्टीले प्रधानमन्त्रीलाई बुझायो मन्त्रीको नाम: झाक्रीसहित को-को परे?


काठमाडाैं – माधव नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने ६ जना मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएर प्रधानमन्त्री देउवालाई बुझाएको हो ।

एकीकृत समाजवादीबाट मन्त्रीका लागि विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङको नाम सिफारिश भएको छ।

सरकार गठन भएको दुई महीना नाघिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन। एकीकृत समाजवादीकै लागि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको नेताहरूले बताउँदै आएका थिए।

प्रतिक्रिया