गृहमन्त्रीको राजीनामा मागेका होइनौँ, संसदीय छानबिन बनाऔँ : शेखर कोइराला


काठमाडौं-  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले  सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनाइएसम्म कांग्रेसले संसद् बैठक चल्न नदिने बताएका छन् ।

बाँकेको कोहलपुरमा शनिबार आयोजित पार्टीको कार्यक्रममा उनले  आफूहरूले गृहमन्त्रीको राजीनामा नमागेको स्पष्ट पारे । ‘हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौँ । संसदीय छानबिन बनाऔँ, सहकारी ठगीमा उहाँ (रवि लामिछाने)को संलग्नता नदेखिए उहाँ गृहमन्त्री रहिरहनुहुनेछ’ उनले भने, ‘तर, संसदीय समिति बनाउन सरकार किन डराएको ?’

प्रतिक्रिया