कालिञ्चोक भगवती दर्शन गर्न गएका वृद्धको मृत्यु


दोलखा – कालिञोक भगवती दर्शन गर्न गएका एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-२  तिखातलका ६५ वर्षीय गोलान्दर विक रहेको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो ३ हजार ८ सय ४१ मिटर उचाइमा रहेको मन्दिर परिसर पुगेपछि बेहोस् बनेका थिए।

उनको उच्च भेगमा श्वासप्रश्वासका कारण मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया