जीबी राईको हत्या भएको दाबी गर्ने डिल्लीराम खनाल पक्राउ


काठमाडौं-  जीबी राईको ‘हत्या’ भएको दाबी गर्ने डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मंगलबार काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार झूटा अफबाह फैलाएको आरोपमा पक्राउ गरिएको हो ।

खनालले जीबी राईको हत्या भएको दाबी गरेर सामाजिक सञ्जाल ‘युट्युब’मा अन्तर्वार्ता दिएका थिए । डिल्लीराम खनालले भनेका थिए, ‘हिजो नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा रवीले म गृहमन्त्री भए २४ घण्टाभित्र पक्राउ गरेर ल्याउँछु भनेका थिए । अहिले किन पक्राउ गरेनन् त ? जिउँदो भए त पक्राउ गरेर ल्याउँथे नि । रविले आफ्नो पोल खुल्छ भनेर मारेर कुन नालीमा फाल्दिसके ।’

उनीविरुद्ध विद्युतीय अपराधअन्तर्गत झुटा अफवाह फैलाउन नहुने कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।

 

प्रतिक्रिया