वैदेशिक रोजगारीमा पठाउने भन्दै १ करोड ३६ लाख ठग्ने दुई महिला पक्राउ


काठमाडौं- वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई महिला पक्राउ परेका छन् ।

काठमाडौंको मैतीदेवीमा सञ्चालित गोल्ड माइन कन्सल्टेन्सीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो । बालुवाटार घर भएकी कन्सल्टेन्सी सञ्चालिका मञ्जु रानामगर र उनलाई सहयोग गर्ने ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका घर भएकी ३८ वर्षीया तिर्थमाया कार्कीलाई पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरुले चेक रिपब्लिक र सर्बिया पठाउँछु भनेर १ करोड ३६ लाख रकम ठगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उनीहरुविरुद्ध १७ जना पीडितले जाहेरी दिएका छन् ।

 

प्रतिक्रिया