१० अर्बको अवैध युरेनियमसहित बौद्धबाट चारजना पक्राउ (भिडियोसहित)


काठमाडौं– महानगरीय आयुक्तकको कार्यालयले साढे २ किलो युरेनियमसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

राजधानीको बौद्धबाट साढे २ किलो–२३८ पारमाणिक भारसहितको युरेनियम पक्राउ गरिएको आयुक्त कार्यालयले जनाएको छ । कार्यालयले शुक्रबार दिउँसो एक कार्यक्रमको आयोजना गरी उक्त युरेनियम र सो सहित पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको हो ।

उक्त कच्चा युरेनियमको हालको मूल्य करिब १० अर्ब रुपैयाँ बराबरको हुने जनाइएको छ ।

उक्त युरेनियम कच्चा रहेको र प्रशोधन गरिन बाँकी रहेको युरेनियम मानिन्छ । उक्त परिणामको युरेनियम प्रशोधनपछि २३५ नामाकरण गरिन्छ, यदि साढे दुई किलो युरेनियम–२३५ भएको खण्डमा हालको बजार भाउअनुसार ५० अर्ब रुपैयाँ भन्दा बढी मूल्यको युरेनियम तयार हुने पनि जनाइएको छ ।

विशेष सूचनाका आधारमा बौद्धस्थित टुसाल एक घरबाट प्रहरीले एक महिलासहित चार जनालाई पक्राउ गरेको हो । युरेनियम कहाँबाट आएको भन्नेमा स्पष्ट जानकारी नआईसके पनि आजभन्दा २०÷२५ वर्षदेखि सो युरेनियम त्यही घरमा रहेको जनाइएको छ ।

पक्राउ पर्नेमा रामेछाप लिखुका ४० वर्षीय नारायणसिंह तामाङ, सोही ठाउँकी हाल बौद्ध बस्नेत ४० वर्षीया जानुका तामाङ, रामेछाप जिल्ला बागजोर नगरपालिका –४ का प्रकाश चौहान र जिल्ला सिन्धुली सुनकोशी–४ वस्ने वर्ष २० मनोज न्यौपाने रहेका छन् ।

प्रहरीका अनुसार उक्त युरेनियम जानुकाको घरबाट बरामद भएको हो । उक्त युरेनियम पहिला भारतमा काम गर्न गएका जानुकाका ससुराले ल्याएको बताइएको छ, तर उनी हाल बिरामी भई उपचारको शिलशिलामा नेपाल बाहिर रहेको पनि जनाइएको छ । उनी प्यारालाइसिस भएर बोल्नै नसक्ने अवस्था रहेको सोधपुछका क्रममा थाहा हुन आएको छ ।

युरेनियम अत्यन्त बहुमुल्य धातु हो । यसको प्रयोग विशेष गरेर आणविक भट्टीहरुमा प्रयोग हुन्छ । हाल बरामद भएको युरेनियम कच्चा पदार्थ भएको र यसलाई प्रशोधन गरेपछि युरेनियम–२३५ बनाइने गरिन्छ ।

दोस्रो विश्वयुद्धका बेला जापानको हिरोसिमा र नागासाकीमा खसालिएको बममा युरोनियम–२३५ प्रयोग भएको जनाइएको छ । विशेष गरेर काजकास्तान, क्यानडा, अष्टेलिया, नामिविया, रसिया लगायतमा मुलुकमा युरेनियमको बढी उत्पादन हुन्छ ।

भिडियोः

 

 

प्रतिक्रिया