दार्चुलाका विजयले आफ्नै साथीको गर्धनमा हँसिया हाने


दार्चुला- दार्चुलामा एक युवकले आफ्नै साथीको गर्धनमा हँसिया प्रहार गरेका छन् ।

जिल्लाको व्याँस गाउँपालिका–२ दुम्लिङका २३ वर्षीय सन्दीप भण्डारीमाथि महाकाली नगरपालिका–४ का २० वर्षीय विजय निरौलाले हँसिया प्रहार गरेका हुन् ।

बिहिवार राति ९ बजेको समयमा खलंगास्थितको प्रेमसिंह शालिक नजिक एक आपसमा विवाद हुँदा निरौलाले भण्डारीको गर्धनमा हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनापछि निरौला फरार भएका थिए । तर, शुक्रवार बिहान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए ।

हँसिया प्रहारबाट भण्डारीको गर्धनमा चोट लागेको छ । घाइते भण्डारीलाई जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि भारत लगिएकाे छ ।

प्रतिक्रिया