पढाइदिने भन्दै काठमाडौं ल्याएर एक बालिकालाई कल्पनाले भारतमा बेचिन्


काठमाडौं-  बालिका बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । उर्मिला भनेर चिनिने ४३ वर्षीया कल्पना विश्वकर्मा पक्राउ परेकी हुन् ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले उनलाई भृकुटीमण्डपबाट वैशाख १० गते पक्राउ गरेको हो । विश्वकर्माविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

ललितपुरको गोदावरी नगरपालिका–१३ घर भएकी उनले मकवानपुरकी एक बालिकालाई पढाइदिने भन्दै काठमाडौं ल्याएकी थिइन् । काठमाडौंमा ४ दिन राखेपछि उनले ती साढे २ वर्षीया बालिकालाई भारतका लगेर बेचेकी थिइन् ।

मकवानपुर प्रहरी, बालबालिका खोजतलास केन्द्र तथा राष्ट्रिय बाल परिषद्को पहलमा  वैशाख १० गते ती बालिकाको उद्दार गरिएको थियो ।

प्रतिक्रिया