अफ्ताब आलमलाई जन्मकैदको फैसला


काठमाडौं- इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका अभियुक्त कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्ध जन्मकैदको फैसला भएको छ ।

आलमविरुद्धको मुद्दाको फैसला गर्दै जिल्ला अदालत रौतहटले उनीविरुद्ध जन्मकैदको फैसला सुनाएको छ । बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको हो । उनीसँगै  अफताबका भाइ ममताभ आलमलाई पनि जन्मकैदको सजाय सुनाएको छ ।
रौतहटको राजपुरमा २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा उनमाथि थियो ।

प्रतिक्रिया