

जुवाखालबाट एमाले नेतासहित १४ जना पक्राउ

कैलाली- कैलालीको टीकापुरमा जुवाखालबाट नेकपा एमालेका जिल्ला नेतासहित १४ जना पक्राउ परेका छन् । आइतबार साँझ नेता प्रकाश खड्कासहित १४ जना पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार आइतबार साँझ एमाले जिल्ला कमिटी सदस्य तथा युवा संघ नेपालका सुदूरपश्चिम सचिव समेत रहेका खड्का, टीकापुरकै सिद्धराज ठकुल्ला, सुरतबहादुर ओली, रामबहादुर बिष्ट, केशव थापा, जनकराज उपाध्यायलगायत १४ पक्राउ परेका थिए ।
उनीहरूबाट ताससहित २५ हजार रुपैयाँ समेत बरामद गरिएको जानकारी थियाे । सबैलाई कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय कैलाली झिकाइएको छ ।

