

जनकपुरमा जलिरहेको अवस्थामा भेटिइन् प्रियंका

जनकपुर – जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव बरामद भएको छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवतीको शव जलिरहको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर बरामद गरेको हो ।
शव महोत्तरीको मनरासिसा नगरपालिका-२ कि २३ वर्षीया प्रियंका महतोको रहेको खुलेको छ । घटनाको वास्तविकताका लागि प्रहरीले अनुसन्धान सुरू गरिसकेको छ ।

