मलामी गएकाहरुले घाटमै गरे हत्या


सुनसरी- इटहरी उपमहानगरपालिका-४ स्थित मुक्तिघाटमा काम गर्दै आएका  २७ वर्षीय विनोद तामाङको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

सोही उपमहानगरपालिका-४ गैरीगाउँबाट बस्ने ३७ वर्षीय उमेश तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इटहरी उपमहानगरपालिका-४ गैरीगाउँबाट मलामी आएका उमेश र धरानका ३० वर्षीय अनिल तामाङले चिर्पट प्रहार तथा कुटपिट समेत गर्दा गम्भीर घाइते भएका विनोदको वेदान्त अस्पताल इटहरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका थिए ।

इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले घटनामा संलग्न उमेशलाई पक्राउ गरेको हो । फरार अनिल तामाङको खोजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

 

प्रतिक्रिया