ओली र माधव नेपाल पक्षको छुट्टाछ्ट्टै कार्यलय, कार्यकर्ता अन्यौलमा


डोटी – पछिल्लो समय राजनितिमा आएको तरलताका कारण कार्यकर्ताहरु नै अन्यौलमा पर्ने गरेका छन् ।

डोटीमा नेकपा एमालेको ओली र माधव नेपाल पक्षको छुट्टाछ्ट्टै कार्यलय स्थापना गरिए पछि भएपछि कार्यकर्ता अन्यौलमा परेका हुन् । ओली निकट समूहले पुष्पलाल स्मृति भवनमा नेकपा एमालेको साइन बोर्ड राखेको छ ।

एमालेकै दुई कार्यालय स्थापना भएपछि अब एमाले पनि अब बिभाजन हुने संकेत देखिएको एक कार्यकर्ताले बताए । डोटीमा बुधबार नेकपा माओवादी केन्द्रले पनि पार्टी कार्यालय स्थापना गरेको छ ।

प्रतिक्रिया