

प्रदेश सभामा पनि एमाले र माओवादीका सांसद अलग-अलग (पत्रसहित)

काठमाडौं – संघीय संसदमा जस्तै अब प्रदेश सभामा पनि यसैगरी दुई दल अलग-अलग बस्नुपर्ने भएको छ ।
निर्वाचन आयोगले देशका सातै प्रदेश सभालाई नेकपा खारेज भएको तथा एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा आएको जानकारी गराए सँगै प्रदेश सभामा पून पहिलेकै व्यवस्था अनुसार को नियम पालना गर्नु पर्ने भएको हो ।
सर्वोच्च अदालतको फैसलाअनुसार अबदेखि नेकपा नरहेको र यसमा मिसिएका एमाले र माओवादी केन्द्र नै दलका रूपमा कायम भएको विषयमा आयोगले सातै प्रदेश सभाका सचिवालयमा पत्राचार गरेको हो।
आयोगको पत्रअनुसार संघीय संसदमा पनि आजैदेखि एमाले र माओवादी केन्द्रका सांसद छुट्टै लहरमा बस्न थालेका छन्।

