
नेपालमा १०४ जना कोरोना संक्रमित थपिए, मृत्यु शून्य
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १०४ जना कोरोना संक्रमित थपिएका छन् । तीन हजार चार सय ८८ जनाको पिसिआर परीक्षण गर्दा एक सय चार जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयकाअनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ९७३ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ९ सय ११ रहेको छ । पछिल्लो २४ घण्टामा ६३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ५० पुगेको छ ।
हालसम्म कोरोनाको कारण ३ हजार १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट शून्य मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल ५५ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २१ लाख ३ हजार ४३८ जनाको पिसिआर परीक्षण गरिएको छ ।



कागजपत्र |
