

जनकपुरधाममा दिनदहाडै युवकको हत्या, एक पक्राउ

जनकपुरधाम – जनकपुरधाममा दिनदहाडै धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ ।
महोत्तरीको एकडारा गाउँपालिकाका २० वर्षीय प्रिन्स कुमार महासेठको हत्या भएको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।
जनकपुरधाम उपमहानगरपालिका विश्वकर्मा चोक नजिक डेरामा आज दिउँसो १२ बजेतिर शौचालयभित्र महासेठको हत्या भएको हो ।
हत्या आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अर्जुनकुमार साह रहेको प्रहरीले जनाएको छ ।

