

सडकमा माग्दै हिँड्ने ६ जना प्रहरीको नियन्त्रणमा

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सडकमा माग्दै हिँड्ने ६ जनालाई नियन्त्रणमा लिएको छ ।
सडकमा बसेर माग्न बाध्य रहेका अशक्त, अपाङ्गता भएका ६ जना सहयोगापेक्षीलाई महानगर प्रहरीले नियन्त्रणमा लिएको हो ।
दरबारमार्ग, महाराजगञ्जमा पैदलयात्रु र सवारी साधनलाई अवरोध गरेको भन्दै नगर प्रहरीले नियन्त्रणमा लिएर महानगर प्रहरी बलको कार्यालय बागदरबारमा राखेको छ ।
महानगरपालिकाले २०७९ साउन १७ गते सूचना प्रकाशित गर्दै सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य गरेमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको थियो ।

