काभ्रेका तरुण दल क्षेत्रीय सभापति लामा र इकाई सभापति लामिछाने जुवाखालबाट पक्राउ


भक्तपुर – पछिल्ला दिनमा राजधानी लगायतका क्षेत्रमा जुवातास खेलाउने क्रम अत्याधिक बढेको भेटिएका छन् । राजनीतिको आडमा जुवाताल खेलाउने काभ्र्रे जिल्ला दुई नेता समेत पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरको विशेष टोलीले चाँगुनारायणबाट काभ्रे जिल्ला क्षेत्र नं. को तरुण दलका क्षेत्रीय सभापति राजु लामा र मण्डनदेउपुर नगरपालिका वडा नं. ५ का कांग्रेस ईकाई सभापति सागर लामिछानेलाई पक्राउ गरेको छ । राजनीतिको आडमा विगत लामोसमयदेखि जुवातास खेलाउँदै आउने गरेका उनीहरुलाई चाँगुनारायण नगरपालिकाको वडा नं. ५ त्रिशुलडाँडास्थित रुद्राक्ष होटलमा छापा मारी पक्राउ गरेको हो । लामिछाने यसअघि पनि पटकपटक पक्राउ पर्दै आएका व्यक्ति हुन् । लामिछानेले प्रहरीलाई आफ्नो नाम भने परिवर्तन गरी ‘सागर नाकलानी’ भनेर उल्लेख गरेको पनि जनाइएको छ ।

प्रहरीले त्यस अवसरमा होटल सञ्चालकसहित २० जनाबाट नगद ६ लाख ७ हजार ५ सय नगदसमेत बरामद भएको थियो ।

उक्त अवसरमा होटल सञ्चालक रेलकुमार तामाङ, दीपेन्द्र थापा, विद्यासागर ढकाल, सागर नाकलानी, राजु मक्तान, कैलाश तिमिल्सिना, मनबहादुर थापा, सुमन कासुला, मणिराम थापा, अर्जुन तामाङ, रविन थापा, रामेश्वर गौतम, रामकुमार नेपाल, अनिल कुमार मुख्याजु, रामबहादुर तामाङ, छैकु तामाङ, प्रेम श्रेष्ठ, रामकुमार अधिकारी र महेश शाक्य पक्राउ परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक (डिएसपी) राजन कार्कीले जनाए ।

प्रतिक्रिया