

अर्जुनको शतकका बाबजुद आयरल्यान्ड उल्भ्ससँग नेपाल ‘ए’ पराजित

काठमाडौं – अर्जुन कुमालको शतकका बाबजुद नेपाल ए तीन एक दिवसीय शृंखलामा क्लिन स्वीप भएको छ ।
आइतबार सम्पन्न खेलमा घरेलु टोली नेपाल आयरल्यान्ड उल्भ्ससँग ६९ रनले पराजित भएको हो।
आयरल्यान्डले दिएको २८५ रनको लक्ष्य पछ्याएको नेपालले ३९.४ ओभरमा २१५ रन मात्रै बनाउन सक्यो।
नेपालका अर्जुन कुमालले सर्वाधिक १०२ रन बनाए। ११८ बल खेलेका उनले १४ चौका प्रहार गरे। अर्जुन साउद ३६ तथा नरेन भट्ट र रुपेश सिंह १५/१५ रनमा आउट हुँदा अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्।
आयरल्यान्डका बेन ह्वाइटले सर्वाधिक ५ विकेट लिए। गेभिन होईले ४ विकेट लिँदा म्याथ्यू फोस्टरको नाममा १ विकेट रह्यो।

