सई मिठ्ठुले समाते कलंकी क्षेत्रमा दुई ‘सुन्दरी पाकेटमार’


काठमाडौं– कलंकी क्षेत्रमा पाकेटमारी गर्ने दुई जना युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सवारी साधनदेखि भिडभाडमा सुन्दरताको बाहनामा उनीहरू पाकेटमारी गर्दै आएको खुलेको छ। काठमाडौं गोंगबु–११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक घर भइ हाल काठमाडौंको मनमैजु बस्ने २३ वर्षीया सिर्जना उप्रेतीलाई कलंकी प्रहरी प्रभागका प्रहरी नायव निरिक्षक (सई) मिठ्ठु खड्काको नेतृत्वको टोलीले नियन्त्रणमा लिएको हो।

कलंकी र लाम्पाटी क्षेत्रबाट पाकेट मार्दै गरेको अवस्थामा ३४ हजार ५ सय ५० रूपैयाँ उनीहरूको साथबाट फेला परेको छ। कलंकी, कालिमाटी, बल्खु, बाफल क्षेत्रलाई आधार बनाएर पकेट मार्ने गरेको अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया