चिर्पटले हानेर ७० वृद्धाको हत्या


सर्लाही- सर्लाहीमा एक वृद्धाको हत्या भएको छ । बागमती नगरपालिका–४, जिरायतकी ७० वर्षीया पार्वतीदेवी महतोको हत्या भएको हो ।

महतोको दाउराको चिर्पट प्रहारबाट हत्या भएको सर्लाही प्रहरीले जनाएको छ ।

हिजो साँझ ६ बजे तिर घरमै हत्या गरेको अवस्थामा उनको शव फेला परेको थियो । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले आज बिहान एक युवालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया