
बझाङका तीन घरमा आगलागी
बझाङ- बझाङका तीन घरमा आगलागी भएको छ । जिल्लाको मष्टा गाउँपालिका –६ रिलु बस्ने जिते रोकाया, ईश्वर रोकाया र लोकेन्द्र रोकायाको घरमा सोमबार दिउँसो आगलागी भएको हो ।
सङ्गै जोडिएका ३ तले पथ्थरले छाएका घरहरुमा सोमबार दिउँसो साढे १२ बजे अचानक आगलागी भएको प्रहरीले बताएको छ ।
घटना भएको जानकारी पाउनासाथ प्रहरी सहायक निरीक्षक लोकेन्द्र बिष्टको कमाण्डमा ४ जनाको प्रहरी टोली खटि गएको र अहिले स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रहरीका अनुसार मानवीय क्षति भने भएको छैन ।



कागजपत्र |
