हुण्डीको २८ लाख रुपैयाँसहित राजा र आरिफ पक्राउ


जनकपुरधाम – पोने २८ लाख रुपैयाँसहित दुई जना हुण्डी कारोबारीलाई पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा मलंगवा नगरपालिका ९ का २४ वर्षी कमर राजा र सोही नगरपालिका ३ का ४० वर्षीय आरिफ अन्सारी रहेकाे सर्लाही प्रहरीले जनाएकाे छ ।

उनीहरूबाट २७ लाख ७५ हजार ९७० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक सविन कार्कीले जानकारी दिए ।

बरामद रकमको उनीहरूले स्रोत खुलाउन नसकेको प्रहरी निरीक्षक कार्कीले बताए । हुण्डी कारोबारी रहेको आरोपमा मुद्दा दर्ता गरी कारबाही तथा थप अनुसन्धान अगाडी बढाएको उनले जानकारी दिए ।

प्रतिक्रिया