सिन्धुलीमा गाँजा तस्करमाथि हवाई फायर


सिन्धुली -गाँजा तस्करलाई नियन्त्रणमा लिना सिन्धुली प्रहरीले हवाई फायर गरेर छ।

हरिहरपुरगढी गाउँपालिका-७ भुताहा शिरमा प्रहरीले पाँच राउण्ड हवाई फायर गरेर चार बोरा गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका-७ का २४ वर्षीय बिच बहादुर वाइबा रहेका छन् । उक्त कार्यमा संलग्न अन्य चार जना भने फरार भएका छन्।

गाँजाको ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कपिलाकोट र प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरी टोलीले गाँजासहित तस्करहरुलाई नियन्त्रणमा लिने क्रममा हवाई फायर गरेको थियो । अन्यको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

५ जना व्यक्तिहरूले नाम्लोमा बोकी ल्याउँदै गरेको अवस्थामा ४ बोरा ७७ केजी ८० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएका छ।

प्रहरीले समूहमा रहेका गाँजा कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा ३ नट ३ राइफलबाट ५ राउन्ड हवाई फायर गरेको थियो ।

प्रतिक्रिया