विकल र सुनिललाई ३ साता थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति


काठमाडौं- गैरकानूनी सम्पत्तिआर्जन गरेको अभियोगमा अनुसन्धान भइरहेका विकल पौडेल र सुनिल पौडेललाई थप तीन साता थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ ।

पौडेलद्वयलाई अदालतले थप २१ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई गत माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो । विकल पौडेलमाथि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनियमितता र सुनिलमाथि पेमेन्ट गेट–वे अनियमिततामा मुद्दा चलेको छ ।

प्रतिक्रिया