चोखिए कांग्रेस सांसद गुरूङ, सर्वोच्चद्वारा निलम्बन फुकुवा


काठमाडौं – नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ ।

सर्वोच्च अदालतले शुक्रवार गुरुङको निलम्बन फुकुवा गरेको हो ।

आफूलाई निलम्बन गर्ने संसद् सचिवालयको निर्णयविरुद्ध गुरुङ गत फागुन २१ गते सर्वोच्च गएका थिए ।

२०७९ मंसिरको चुनावमा गुरुङ मनाङबाट निर्वाचित भएका थिए । भ्रष्टाचार मुद्दामा गुरुङ २०७९ पुस १२ गतेदेखि गुरुङ निलम्बनमा परेका थिए ।

समाज कल्याण परिषदको भृकुटीमण्डपस्थित ६० रोपनी जग्गा भाडामा लगाउँदा अनियमितता गरेको भन्दै गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा लागेको थियो ।

प्रतिक्रिया