

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन रञ्जिता श्रेष्ठको निर्देशन

कैलाली- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी छिन् ।
उनले संसदीय दलका नेता घनश्याम चौधरीलाई कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन् । फिर्ता नलिए कारबाही गर्ने चेतावनी समेत उनले दिएकी छिन् ।
संसदीय दलका नेता चौधरीले भने प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहने बताएका छन् ।

