लोकेशको शानदार शतकका बाबजुद आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल ‘ए’ २१ रनले पराजित


काठमाडौं — आयरल्याण्ड ए विरुद्ध नेपाल ए २१ रनले पराजित भएको छ ।

नेपालले अन्तिम सात विकेट १३ रनमा बनाउँदा हातमा आइसकेको खेल गुमाएको छ ।

आयरल्याण्डले दिएको २२३ रन पछ्याउने क्रममा नेपाल २०१ रनमा अलआउट भएको थियो ।

नेपालका लागि लोकेश बमले शानदार १०६ रनको पारी खेले पनि नेपालले जित हात पार्न सकेन ।

नेपालका लागि आरिफ शेखले ४९ रन बनाए ।

१८९ रनमा चौथो विकेट गुमाएको नेपालले बाँकी ७ विकेट गुमाउँदा २०१ रन मात्र बनाउन सक्यो ।

त्यसअघि आयरल्याण्डले ५ विकेटको क्षतिमा २२२ रन बनाएको थियो ।

 

प्रतिक्रिया