लोकेश बमले हाने शानदार शतक


काठमाडौं – आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपालका लोकेश बमले शतक बनाएका छन् ।

आयरल्याण्ड वुल्भ्सले दिएको दुई सय २३ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालका लागि ओपनर ब्याट्सम्यान बमले शतक बनाएका हुन् ।

बमले १६ औं ओभरको दोस्रो बलमा शतक पूरा गरे ।

प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका लोकेशले ५२ बलमा ८ छक्का र ८ चौकाको मद्दतमा आफ्नो शतक पुरा गरे।

यसक्रममा उनले आठ छक्का र आठ चौका हिर्काएका थिए ।

 

प्रतिक्रिया